
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारको सबैभन्दा पुरानोमध्ये एक मानिएको प्राकृतिक चिकित्सा पद्धतिलाई संरक्षण र संवर्द्धन गरिनुपर्ने बताएका छन्।
ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्वारा हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल (प्राकृतिक चिकित्सा) को उद्घाटन कार्यक्रममा शनिबार उनले गर्दै वैकल्पिक उपचार पद्धतिका रूपमा रहेको प्राकृतिक चिकित्साको विकासमा सरकारले सहयोग गर्ने धारणा राखे। पौडेलले हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल सबैको साझा सम्पत्ति भएको उल्लेख गरे।
अस्पताललाई टिकाउन तथा माथि उठाइराख्न सबैले अपनत्व लिनुपर्ने उनको भनाइ थियो। उनले अस्पताल स्थापना भएको केही महिनामै सेवाग्राहीको मन जित्न सकेको पाइएको बताउँदै गुणस्तरीय सेवा प्रवाहमा निरन्तर लाग्न अनुरोध गरे। रासस
from Nagarik News - Home