कोभिड-१९ को कारणले १० महिनादेखि ठप्प भएको सवारी चालक अनुमतिपत्र (लाइन्सेन्स) को अनलाइन फाराम यहीं पुस १४ गते मंगलबारदेखि खुल्ने भएको छ। शुक्रबार यातायात व्यवस्था विभागले विज्ञप्ती जारी गर्दै १० महिनादेखि ठप्प भएको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा खुला गरिएको हो।

कोरोना महामारी सुरू भएपछि विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा स्थगित गरेको थियो।

अब चारपाङ्ग्रे र दुईपाङ्ग्रे दुवै प्रकारका सवारी साधनको परीक्षा खुल्ने भएको हो। यसअन्तर्गत सातै प्रदेशमा एकैपटक अनलाइन र प्रयोगात्मक परीक्षा (ट्रायल) खुलाइनेछ।



from Nagarik News - Home
Previous Post Next Post