राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई व्यंग्य गरेका छन्।
पार्टीको वैधानिकता प्राप्त गर्न निर्वाचन आयोग पुगेका प्रचण्डलाई उनले कुनै बेला आफ्नै हालतजस्तो नहोस् भनेर टिप्पणी गरेका हुन्।
‘पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदै गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु,’ राप्रपा अध्यक्ष थापाले शनिबार बिहान ट्विटरमा लेखेका छन्, ‘तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दबाब प्रभावमा त्यसबेला बिनासनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो। प्रचण्डले त्यही नियति भोग्नु नपरोस्। मेरो शुभकामना !’
from Nagarik News - Home