
सरकारले प्रहरी नायब महानिरीक्षक(डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले उनलाई एआइजीमा बढुवा गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।
सरकारले केही समयअघि नेपाल प्रहरीको सङ्गठनमा पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) र एक एआइजीको दरबन्दी थप गरेको थियो। अघिल्लो हप्ता गृह मन्त्रालयले एआइजीमा बढुवाका लागि डिआइजी पोखरेलको नाम सिफारिस गरेको थियो।
from Nagarik News - Home