लोकगायक तथा संगीतकार रत्न बानियाँको निधन भएको छ। बुधबार राजधानीको ओम अस्पतालमा उपचारको क्रममा ५८ वर्षीय लोकगायक बानियाँको निधन भएको छोरा संगीत बानियाँले जानकारी दिए।

नेपाली ग्रामीण जनजीवनलाई लोकसंगीत मार्फत प्रस्तुत गर्न माहिर बानियाँको दुई वर्षअघि मिर्गौला फेल भएको थियो। उनका छोरा संगीतका अनुसार सुगर तथा ब्लड प्रेसरका समेत बिरामी रहेका रत्नको उपचारको क्रममा निधन भएको हो।

तीन दशकदेखि लोकसंगीतमा सक्रिय लोकगायक बानियाँका ‘घर छोडेर जाने बेलामा’, रोई बाँच्नुभन्दा’, ‘छैन ठेगाना’, ‘छैन जानु कही’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी’, ‘यति राम्रो झिल्के’, ‘स्याङ्जा दहथुम’, ‘पापी काल’ र ‘हरियो बेलपत्र’ जस्ता गीतहरू चर्चित छन्। उनको बुधबार नै पशुपतिको आर्यघाटमा अन्त्यष्टि गरिएको थियो। लोकगायक बानियाँका दुवै मिर्गौलाले काम गर्न छाडेपछि चिकित्सकहरूसँग फलोअप गरिरहेका थिए।

उनको निधनले लोकसंगीतले एक अभिभावक गुमाएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले बताए।



from Nagarik News - Home
Previous Post Next Post