बलिउड चर्चित फिल्म अभिनेत्री प्रीति जिन्टाको आज जन्मदिन हो। आज प्रीति जिन्टाले उनको ४६औं जन्मदिन मनाइरहेकी छिन्।प्रिती जिन्टा फिल्महरुमा एक शक्तिशाली भूमिकाका रुपमा परिचित छिन्। उनी वास्तवमै साहसी पनि छिन्। प्रीति जिन्टाले अभिनय गरेका धेरै फिल्महरु सुपरहिट बनेका छन्। यस बाहेक उनले धेरै अवार्डहरु पनि हात पारेकी छिन्।
प्रीति जिन्टा फिल्म 'चोरी चोरी चुपके चुपके' मा सलमान खान र रानी मुखर्जीसंग फिल्ममा देखीएकी थिईन्। यस फिल्मको रिपोर्टका अनुसार फिल्मको लागी अंडरवर्ल्ड डन शकीलले फिल्मकर्मीहरुलाई धम्क्याउने पैसा माग्ने गथ्र्यो। तर यो कुरा कसैले पनि प्रहरीलाई बयान दिन सकेको थिएनन् प्रितीले मात्र यो साहस जुटाएकी थिईन् त्यसैले उनलाई साहसी हिरोइन पनि भनिन्थ्यो।
यस समयमा शाहरुख खान, सलमान खान र रानी मुखर्जीलाई पनि अण्डरवर्ल्डबाट धम्की कलहरू आइरहेका थिए यी सबै अभिनेताहरू पनि धम्की पाउने गुनासो लिएर पुलिससमक्ष आएका थिए तर अदालतमा गवाही दिने बारेमा कुरा गर्दा सबै पछि हटेका थिए। जिन्टा अदालतमा बयान दिन गएकी थिईन्।उनले अदालतमा स्वीकार गरिन् उनलाई अण्डरवर्ल्डबाट धम्की दिदैँ फोन आइरहन्छ र पैसाको पनि माग गरिएको छ।
प्रितीको बयान अण्डरवर्ल्डसँग जोडिएको थियो। क्यामेरामा रेकर्ड गरिएको थियो।प्रीति जिंटाको भनाइमा भरत शाह पक्राउ परेका थिए र निर्माता नाजिम रिजवीलाई उक्त केसमा दोषी ठहराइएको थियो।
अभिनेत्री प्रिती जिंटाको बहादुरीले फिल्म जगतनै हल्लाएको थियो र उनको कदमलाई धेरैले सराहना गरेका थिए। प्रीति जिन्टा सामाजिक सञ्जालमा धेरै सक्रिय छिन्।
from Nagarik News - Home