अमेरिकाले साउदी अरबका पत्रकार जमाल खशोग्जीको हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा हत्यामा साउदी अरबका शक्तिशाली युवराज मोहम्मद विन सलमानको आदेशमा हत्या गरिएको उल्लेख गरिएको अमेरीकी संञ्चार माध्यमहरुले जनाएका छन्।

यद्यपि साउदी राजकुमारले आफूमाथि लगाइएको आरोप र गरिएको शंकालाई नकार्दै आएका थिए। पत्रकार खशोग्जीको २अक्टुबर २०१८ मा टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासभित्र हत्या भएको थियो। शोग्जी साउदी अरबका शासकको आलोचक मानिन्थे। त्यसैले उनको हत्या साउदी राजकुमारले नै गराएको रिपोर्टमा उल्लेख गरिएको छ।

यद्यपी बाइडेन प्रशासनले राजकुमारको यस प्रकरणमा हात रहेको बताएपनि उनलाई दोषी करार भने गरिसकेको छैन।अमेरिकाले खशोग्गी प्रकरणमा यो रिपोर्ट सार्बजनिक गरेपछि अमेरिका साउदी सम्बन्धमा नराम्रो प्रभाव पर्ने अनुमान गरिएको छ।



from Nagarik News - Home
Previous Post Next Post