
बागलुङको बडिगाड गाउँपालिका—१० दर्लिङमा होलीको सन्दर्भमा झडप हुँदा दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी कष्णबहादुर पल्ली मगरका अनुसार दुईपक्षीय झडपको क्रममा प्रकाश कुँवर र दिपक दमाईको ज्यान गएको छ। बडिगाड गाउँपालिकाको दर्लिङ र निसीखोला गाउँपालिकाको राजकुतका दुई पक्षबीच झडप भएको भनिए पनि विस्तृत रुपमा जानकारी आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
झडमा पारिएका भनिएका प्रकाश कुँवर नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य रहेको बताईएको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ। दर्लिङ र राजकुतका स्थानीयबीच विगतदेखि नै दुई पक्षीय रुपमा झडपहरु हुँदै आएको बताईन्छ।
from Nagarik News - Home