जिल्लाको सुनिलस्मृती गाउँपालिका–६ गजुलकी ४१ वर्षीया दीपा ओलीको जीवन कृषि पेशा फेरिएको छ। एउटा छोरी नर्सिङ सकेर थप अध्ययनका लागि अष्ट्रेलिया छिन भने जेठो छोरो इन्जिनियरिङको अन्तिम वर्षको पढाइ पढिरहेका छन्। कान्छा छोरो एसइईको तयारीमा छन्। सामान्य परिवारकी दीपा २०७१ सालमा लघुबित्तले दिएको सानो ऋणले अहिले परिवर्तन भएकी छिन्।

‘२०७१ सालमा नेपाल महिला सामुदायिक सेवा केन्द्रले सञ्चालन गरेको लघुबित्तको समूहमा बसे। ३० हजार ऋण लिएर ६ वटा बाख्रा पाल्न सुरु गरे,’ दीपाले भनिन्, ‘एउटा बोका बेचेर ऋण तिरे। त्यसपछि कहिलै पैसाको अभाव भएन। अहिलेसम्म पटक पटक गरेर १२/१५ लाख ऋण लिएर काम गरेको छु। त्यो सबै सहजै तिरे पनि।’उनी कृषी कामसँगै त्यहाँबाट आएको पैसाले छोराछोरीको शिक्षामा लगानी गरेको बताउँछिन्। ‘लघुबित्तबाट शिक्षा ऋण, घरेलु ऋण ल्याएर छोराछोरी पढाए।’ दीपाको घरमा अहिले २८ वटा बाख्रा रहेका छन्। ती बाख्राको हेरचाहान गर्नका लागि उनले एक जना मान्छे समेत राखेकी छिन्।

‘लघुबित्तमा जोडिएपछि मेरो जीवन नै फेरिएको छ। त्यो समयमा १० जनाको समूह बनाएर ३० हजार ऋण पाउँदा ३० लाख पाए जस्तै भएको थियो,’ उनले भनिन्, ‘छोराछोरीको शिक्षालाई हेर्ने हो भने अहिलेसम्म करोडौं आम्दानी गरेकी छु। छोरीलाई पढाउन मात्रै ६० लाख खर्च गरेकी छु।’ उनको बारीमा अहिले अम्बा, कागती, साग, तरकारी प्रयाप्त छ। बाख्रा बिक्री गरेर भएको आम्दानीले गत वर्ष गाउँमै दीपाले १७ लाखमा जग्गा किनेको बताइन्।



from Nagarik News - Home
Previous Post Next Post