एयर गनसहित प्रहरीले शनिबार राति वीरेन्द्रनगरबाट एक जनालाई पक्राउ गरेको छ। हतियार देखाएर विभिन्न व्यक्तिहरुलाई तर्साउने, धम्की दिने गरेको गुनासो आएपछि प्रहरीले वीरेन्द्रनगर–६ का ३० वर्षीय आजाद इद्रीशीको मोटरसाइकल ग्यारेजको खानतलासी गरेको थियो।

‘ग्यारेज खानतलासी गर्दा एयर गन फेला पार्‍यौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र भट्टले भने, ‘अनुसन्धान जारीनै रहेकाले थप विवरण खुलेको छैन।’ उनले एयर गन कहाँबाट ल्याइएको हो भन्ने पनि नखुलेको बताए।



from Nagarik News - Home
Previous Post Next Post