
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने निर्णय गरेका छन्।
अख्तियारमा प्रमुख भएर गएपछि उनले खाइपाई आएको निवृत्तीभरण रकम नलिई अख्तियार प्रमुखका रूपमा प्राप्त हुने सेवा सुविधा मात्र लिने निर्णय गरेका हुन्। आयोगले निवृत्तीभरण व्यवस्थापन कार्यालयलाई यस विषयमा पत्र लेख्दै जानकारी गराएसँगै कार्यालयले निवृत्तीभरण रकम रोक्का गरेको जनाएको छ।
राई गृहसचिवबाट अवकाश भएपछि अख्तियारको प्रमुखको जिम्मेवारी सम्हालेका हुन्। उनले अख्तियार प्रमुखको जिम्मेवारीमा रहँदा निजामती सेवामा लामो समय सेवा गरेर अवकाश भएपछि प्राप्त हुने निवृत्तीभरण नलिने निर्णय गरेका हुन्।
from Nagarik News - Home