नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले युरोपियन युनियन (इयू) ले नेपाली हवाई उड्डयनमा लगाएको प्रतिबन्ध हटाउन अनुरोध गरेका छन्। अध्यक्ष मोरले नेपालका लागि इयूकी राजदूत नोना डेप्रेजसँगको भेटवार्तामा त्यस्तो अनुरोध गरेका हुन्।

उनले नेपालको हवाई उड्डयन क्षेत्रले सुरक्षामा विशेष ध्यान पुर्‍याइरहेकोले युरोपबाट नेपालमा पर्यटक ल्याउन सहयोग गर्न अनुरोध गरे। भारतसँग भएको व्यापार सम्झौता अनुसार शुल्कमुक्त निर्यात भइरहेकोले युरोपमा पनि कसरी निर्यात बढाउन सकिन्छ भन्ने विषयमा प्रविधिक सहयोग गर्न पनि उनले आग्रह गरेको परिसंघले जनाएको छ।

सो अवसरमा परिसंघका वरिष्ठ आर्थिक सल्लाहकार विश्व पौडेलले नेपाल कमविकसित राष्ट्रबाट माथि जाँदै गर्दा इयूले प्रदान गरेका व्यापार सुविधाहरू स्वतः हट्ने भएकोले युरोपका मुलुकमा भएको व्यापार १० प्रतिशतले घट्नेतर्फ संकेत गर्दै नेपालमा विप्रेषणबाट भएको आम्दानीले उपभोग बढ्दै गएको बताए।



from Nagarik News - Home
Previous Post Next Post