गायिका सोना अमात्यको ‘मेरो माया करोडमा’ सार्वजनिक भएको छ। उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष भवानी राणाको उपस्थितिमा सोनाको स्वरसँगै अभिनय समेत रहेको गीतको भिडियो सार्वजानिक गरिएको हो।

दीपक शर्माको शब्द र संगीत रहेको गीतमा सोनासँगै सुगम पोखरेलको स्वर छ। विज्ञापन एजेन्सी फुल सर्कलकी सिइओ समेत रहेकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गरेकी हुन्।

उनीसँगै भिडियोमा सागर लम्साल ‘बले’ पनि देखिएका छन्। गीत सार्वजनिकसँगै टिकटक च्यालेन्ज पनि घोषणा गरिएको छ। सार्वजनिक गीतको उत्कृष्ट टिकटक बनाउनेमध्ये तेस्रोलाई १० हजार, दोस्रोलाई २० हजार र मोबाइल फोन र पहिलो हुनेलाई ५० हजार नगद र मोबाइल फोन दिइने घोषणा गरिएको छ।



from Nagarik News - Home
Previous Post Next Post