
नेकपा एमाले नेता गोकर्ण विष्टले पार्टी एकतालाई अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका छन्। बिहिबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसवुकमार्फत नेता विष्टले एमालेको पार्टी संरचना २०७५ जेठ २ अनुसार अगाडि बढाउनुपर्ने बताएका हुन् ।
‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ’, उनले फेसवुकमा लेखेका छन्, ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।’
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसहित ११ जनालाई पार्टीबाट निष्कासित गरेका थिए ।
from Nagarik News - Home