
शिवम् सिमेन्ट लिमिटेडले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हटौंडा अस्पताललाई एक सय ९० थान अक्सिजन सिलिन्डरसहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।
कोरोना भाइरसको संक्रमण व्यापाक भइरहेको विषम परिस्थितिमा देशका विभिन्न अस्पतालमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामग्री अभाव भइरहको परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हटौंडा अस्पताललाई एक सय २० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिन्डर, ३० थान मेडिकल बेड, पाँच थान सिसियू बेड तथा पाँच थान उक्त बेडमा जडान गरिने मेडिकल मोनिटर हस्तान्तरण गरेको हो।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
from Nagarik News - Home