कुजु नेपाल प्रालिले इलेक्ट्रिक दुईपांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा भित्र्याएको छ। चिनियाँ ब्रान्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएका छन् भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रिक स्कुटर बिक्री गर्ने कम्पनी पनि यही हो।

कुजु नेपालले याडिकाको युरोपियन स्ट्यान्डर्डका नेपाली बजार सुहाउँदो उत्कृष्ट स्कुटर बजारमा ल्याएको दाबी गरेको छ। अहिले याडियाका ‘जी फाइभ, सी वान एस र एस–लाइक’ तीन मोडल उपलब्ध छन्।



from Nagarik News - Home
Previous Post Next Post