आरबिबी म्युचुअल फन्ड १ लाई अनुमति मिलेको छ।
कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड हुने गरी ‘आरबिबी म्युचुअल फन्ड’ अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना आरबिबी म्युचुअल फन्ड १ नामको योजनालार्ई नेपाल धितोपत्र बोर्डले निष्कासन तथा बिक्री गर्न अनुमति दिएको विज्ञप्तिमा उल्लेख छ।
यस योजनाको आकार एक अर्ब र समयावधि सात वर्षको रहने बताइएको छ।
from Nagarik News - Home