हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला काम नलाग्ने भएका छन्। शनिबार निर्देशक तथा कलाकार दीपाश्री निरौलाले सामाजिक सञ्जालमा महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत हास्य कलाकार डंगोलको फोटो पोस्ट गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएकी थिइन्।

झन्डै एक महिनाअघि हास्यकलाकार डंगोलको स्वास्थ्य अवस्था जटिल भएलगत्तै अस्पताल भर्ना गरिएको थियो। उनको पाँच वर्षअघि मिर्गौलामा समस्या देखिए पनि अहिले भने दुवै मिर्गौलाले काम गर्न छाडेको जानकारी पारिवारिक स्रोतले दिएको छ। मिर्गौला समस्याका कारण नियमित डायोलोसिस गराउँदै आएकी उनले आफ्नो स्वास्थ्य अवस्थाबारे कुनै जानकारी गराएकी थिइनन्।

उनलाई भेट्न पुगेका कलाकार मरिचमान श्रेष्ठले भने, ‘दुई तीन वर्षदेखि बिरामी भए पनि हामीले ढिलो गरी उहाँको स्वास्थ्यबारे थाहा पायौं। उहाँ निकै गल्नुभएको रहेछ। उहाँको मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको जानकारी परिवारले दिएको छ।’



from Nagarik News - Home
Previous Post Next Post