जनता समाजवादी पार्टी (जसपा)नेपालले मधेश आन्दोलनका शहिद परिवार र घाइतेहरुलाई सम्मान गरेको छ। जसपाको अभिमूखिकरण कार्यक्रममा अध्यक्ष यादवले शहिद परिवार तथा घाइतेहरुलाई गम्छा ओढाई सम्मान गरेका हुन्।

शहिद परिवारलाई आफ्नै परिवार सम्झेर भरणपोषण तथा घाइतेहरुको उपचारको जिम्मा लिन यादवले प्रदेश सरकारलाई आग्रह गरे। सहिद परिवारलाई रोजगारी दिने प्रदेश सरकारको अभियानमा छुटेका परिवारलाई अविलम्ब सहभागी गराउन अध्यक्ष यादवले प्रदेश सरकारलाई आग्रह गरे।

मुख्यमन्त्री लालबाबु राउतले प्राविधिक कारणले केही सहिद परिवार छुटेको उल्लेख गर्दै भने,'छुटेका परिवारलाई छिट्टै रोजगारीमा सहभागी गराउँछौ। सहिद परिवारको रोजगारी तथा घाइतेहरुको भरणपोषणाको लागि प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको मुख्यमन्त्री राउतले बताए।



from Nagarik News - Home
Previous Post Next Post