नेपालका सुमन तिमल्सिनाले जर्मनीमा हुने चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्। अक्टोवर २ तारिखमा हुने प्रतियोगितामा सुमनले पुरुष सिनियर कातामा प्रतिस्पर्धा गर्ने भएका हुन्।

उक्त च्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी सुमन तिमल्सिना बिहीबार जर्मनीको चिम्निज जाँदै छन्। अफिसियलमा स्वछम गुरुङ छन्। टोलीको हवाई टिकट गोंगबुस्थित सागा एड्भेन्चर टुर्स एन्ड ट्राभल्सले प्रायोजन गरिदिएको हो।

टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल गोजुरियो कराते डो संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्रले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए। टोली बिहीबार राति ११ बजे टर्किस एयरलाइन्सबाट जर्मनी प्रस्थान गर्ने कार्यक्रम रहेको छ।



from Nagarik News - Home
Previous Post Next Post