विराटनगर १२ स्थित स्टार बहुउद्देश्यीय सहकारी संस्थाले ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। सहकारीको २४औं साधारणसभाका अवसरमा मोरङका विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई ओमप्रकाश गोयल स्टार छात्रवृत्ति प्रदान गरिएको हो।
गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउन विद्यार्थीलाई उच्च शिक्षाका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरिएको सहकारीले जनाएको छ। छात्रवृत्तिको राशि सात हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, स्टार सहकारी संस्थाका अध्यक्ष रमेशकुमार पोखरेललगायतले नगद, प्रमाणपत्र र माला प्रदान गरेका थिए।
छात्रवृत्ति पाउनेहरूमा विराटनगरस्थित महेन्द्र रात्री माध्यामिक विद्यालयका अजित उराव, मिल्स माविकी नेविनाकुमार राजवंशी, विनश राजवंशी, जनपथ माविकी पुनमकुमारी कामत, सीमा राय, सरस्वती मावि विराटनगरी सुष्मा तामाङ, सदैव हुसेन रहेका छन्।
यस्तै सत्यनारायण माविका रोशनकुमार ऋषिदेव, मिल्स माविकी पुजा राजवंशी, ज्योतिकुमारी केवट र देवी मावि ग्रामथानकी समीक्षा ढकाल छिन्। कार्यक्रममा संस्थालाई लामो समयदेखि सहयोग गर्नेहरू हेमचन्द्र वस्ती, पर्शुराम प्रसाईलाई पनि सम्मान गरिएको थियो।
from Nagarik News - Home