आमा मेधादेवी पौड्याल र पिता रामराज पौड्यालको कोखबाट जन्मिएकी भारत वर्षकै वैदिक ज्ञान र सनातन धर्म दर्शनमा दत्तचित्त भएर साधनारत हुने विदुषीको नाम हो– प्रा.डा. वीणा पौड्याल।

बनारस विश्वविद्यालयबाट (२०४९ मा पिएचडी गरी लगभग ३५ वर्षसम्म त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विषय प्राध्यापन गर्दै सोही विषयसँग सम्बन्धित खोज गर्दै भइरहेका र वैदिक सांस्कृतिक बहुमूल्य सम्पदाहरूको खोज अनुसन्धान गर्ने व्यक्तित्वका रूपमा चिन्न सकिन्छ।

यसरी प्राचीन धर्मशास्त्र, इतिहास, वैदिक दर्शन र त्यसलाई सभ्य समाजसँग जोड्ने प्रयत्न गर्दै कुशलपूर्वक वेद पुराणका रत्नहरू भाग ५ सम्म प्रकाशित भइसकेका छन्।

यस्ता कुशल अन्वेषक पौड्यालले मूर्तिकला र चित्रकला (सन् २००१), सर्वेश्वर महादेव २००४, काठमाडौँ उपत्यकाका, विष्णु विभवहरू (२००५) र अन्य वैदिक लेख रचनाहरू प्रकाशित भएका छन्।

विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित भई राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त पनि गर्नुभएको पौड्यालले अन्तर्राष्ट्रिय अन्तर्वार्तामा पनि समावेश भएको देखिन्छ। विशेषगरी पौड्यालले रचना गरेको वेद पुराणका रत्नहरू भाग ५ मा विचरण गर्दा पहिलो भूमिका प्रा. शिवगोपाल रिसालले उल्लेख गरेका छन् भने अर्को भनाइचाहिँ प्रा.डा. प्रेमकुमार खत्रीले टिप्पणी गर्नुभएको छ। यस पुस्तकको आकार डिमाइ प्रकृतिको छ।

मूलतः वेद तथा उपनिषद्मा पौराणिक धर्मग्रन्थ र त्यहाँ भएका अख्यानका सन्दर्भ समग्रीहरूलाई उल्लेख गरेको पाइन्छ। यस पुस्तकमा उपनिषद्, गीता तथा ब्रह्मासूत्र आदि ग्रन्थको प्रभाव पाइन्छ। वेदकोे मूल ग्रन्थ मनिने प्रस्थान त्रइ जुन जीवनको लक्ष्य प्राप्त गर्ने साधनका रूपमा लिएको पाइन्छ।

यिनै वेद पुराणका आलौकिक शाक्ति र बुद्धि भएका सत्पात्रहरूको विचरण उहाँका ग्रन्थमा पाउन सकिन्छ। यसैगरी अध्यत्मिक, धर्मशास्त्र, नीतिशास्त्र, विज्ञान, इतिहास र खगोलका बारेमा प्रकाश पारिएको छ। उहाँका कतिपय कृतिमा अध्यात्मिक र दार्शनिक विषयसँग सम्बन्धित छन् भने कतिपय कुरा ध्यान उपासन मुद्रा साधना जस्ता प्रमाणिक र वैज्ञानिक वैदिक देवीदेवताले गरेका उपासनाहरू प्रस्तुत भएका छन्।

गणपति पुजन, कुवेर पुजन, यमा, वरुण, मित्र, सचि आदि वैदिक देवीदेवताहरूको उल्लेखनीय विस्तार रहेको छ। महिला विदुषी देवीहरूमा रति, मेनका, अप्सरा, सचि, मन्दोदरी, द्रौपदी आदि पात्र छन् भने पुरुष पात्रहरूमा विश्वमित्र, दुर्वाशा, प्रशुराम, प्रद्युम्न जस्ता पात्रबारे सविस्तार पाइन्छ।

ईश्वरको अवतार वर्णन, राम चरित्र, रावण बध, मन्दोदरी र उनको शालीन चरित्र, रावण संहिता तथा द्वापर युगीन समयको वर्णन गरिएको छ।

यसका साथै पछिल्लो समयमा वैदिक धर्म दर्शन लोप हुँदै गइरहेको अवस्थामा जागरुक र चेतनशील हुने सन्देश यस ग्रन्थमा पाइन्छ। विश्व समुदाय आधुनिक सभ्यताको नाममा आफ्नो पहिचान र गरिमालाई बिर्सेर अत्याचारबाट ग्रस्त भएको उक्त वैदिक युगलाई अझैँ सत्धर्म र सत्पात्रहरूको माध्यमबाट मानव सभ्यतालाई ज्ञान दिन नै यी पात्रहरूको विशेषता मानिन्छ।

शायद यति धेरै वैदिक रत्नहरूको पात्रीय चित्रण गरेर यो ग्रन्थ नेपाली भाषामा पहिलो ग्रन्थका रूपमा परिचित रहेको छ भने उपनिषद्का धेरै सूक्ष्म भावनालाई अँगालेर सरल र सहज भाषा शैलीमा यो ग्रन्थ लेखिएको छ। कला र वस्तुकलाको आदिदेखि अन्तसम्म अनुसन्धानमा लागेर पूर्वीय दर्शन र सत्जीवनको सन्देश दिने यो ग्रन्थ निकै सफल देखिन्छ।

वैदिक पात्रहरूको छोटकरीमा परिचय, सदस्यको नाम र विशेषता जस्ता विषयमा केन्द्रित देखिन्छ। बाल साहित्यका लागि छाटा कथाका रूपमा यो ग्रन्थ आर्य सभ्यता भएको कृति मनिन्छ। यो ग्रन्थमा पूर्वींय दर्शनको सिंगो रूप देखिएको छ भने १८ पुराणकै सार देखिन्छ। संस्कृतका तमाम सूक्त र वाणीलाई समेत अर्थ बहन गरेको पाइन्छ।

रैखिक शैलीमा छोटो वर्णन गरेर पौराणिक कथालाई आधुनिक कथासँग जोड्ने प्रवृत्ति ग्रन्थकारको छ। मानव जातिलाई धैर्य, क्षमाशीलता, इन्द्रिय निग्रह जस्ता दर्शनका मान्यता पालना गर्दै सफल जीवनको वर्णन गरिएको छ। नित्य कर्म धर्म, अर्थ, काम, मोक्ष प्राप्त गर्नका लागि चित्त शुद्धि नै धर्मको सार हो भन्ने कुरा उनका ग्रन्थबाट देख्न सकिन्छ।



from Nagarik News - Home
Previous Post Next Post