मुक्तिनाथ विकास बैंक लिमिटेडले मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले सर्वाधिक ब्याजदर प्रदान गर्ने दाबी गरेका उक्त खातामा १० लाख रूपैयाँको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा भएको बताइएको छ।

उक्त खातामा ब्याज मासिक रूपमा आर्जन हुने बैंकले जनाएको छ। ग्राहकले १० हजार रूपैयाँको न्यूनतम मौज्दातमै मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता खोल्न सक्ने र उक्त बचत खातामा बैंकले वार्षिक ५.५० प्रतिशतको दर ले मासिक रूपामा ब्याज भुक्तानी गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।

साथै पहिलो वर्षको लागि निःशुल्क भिजा डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाइल बैंकिङ तथा निःशुल्क इन्टर नेट बैंकिङ सेवा समेत प्रदान गर्ने बैंकले जनाएको छ।



from Nagarik News - Home
Previous Post Next Post