हिमालय एअरलाइन्सले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्वको प्रतिबद्धताअनुसार प्रयास नेपाललाई वर्षभरि आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गरेको छ। हिमालयले निरन्तर पाँचौं वर्षका लागि ती सामग्री प्रदान गरेको हो।

हिमालयका पदाधिकारीले संस्थालाई आवश्यक पर्ने स्टेसनरी, नोट–बुक्स, रजिस्टर, कलम र विभिन्न कक्षाका पाठ्यपुस्तक प्रदान गरेका हुन् । एअरलाइन्सले कोभिड–१९ विरुद्ध आवश्यक जनचेतना अभिवृद्धि गर्न र त्यसविरुद्ध सुरक्षा मापदण्ड अपनाउन आवश्यक पर्ने विविध शिक्षामूलक पोस्टरसमेत प्रदर्शनार्थ प्रदान गरेको छ।



from Nagarik News - Home
Previous Post Next Post