हालै मेलिना राई र पुष्कर आचार्यको आधुनिक गीत ‘दिलको झोलामा’को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

चर्चित गायक गायिकाको स्वरमा सजिएको उक्त गीतमा दिनेश रेग्मी र अश्विनी शाहीले अभिनय गरेका छन्।

कृष्ण लामिछानेले एरेन्ज गरेको यो गीतको संगीत पुष्कर आचार्यले गरेका हुन्। विरेन्द्र परियारले छायांकन गरेको गीतको इडिट– मिक्सिङ तारा थापा किम्भे र रङ्ग संयोजन सागर कुमारले गरेका छन्। उक्त गीतको अडियोभिडियो सिने नेपाल प्रालिले सार्वजनिक गरेको हो।

सिने नेपाल युटयूव च्यानलबाट बजारमा सार्वजनिक भएको उक्त गीत ‘दिलको झोलामा’ को निर्देशन चलचित्र निर्माता कमलप्रसाद शर्माले गरेका हुन्। ‘हामीले सकेजति पूरै मेहेनेत गरेर भिडियो सार्वजनिक गरेका छौं र दर्शकहरूले यो मेहेनेतलाई अपार माया गरिदिनुहुनेछ भन्ने कुरामा ढुक्क छौं’ निर्देशक शर्माले विश्वस्त हुँदै बताए।



from Nagarik News - Home
Previous Post Next Post