विदेशी मुद्रामा आम्दानी गरेका नेपाली फर्म, कम्पनी, सङ्घ, संस्था, निकायलाई विदेशमा कारोबार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्र्याउन सहज भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचनामार्फत विदेशमा समेत ऋण लिन चाहनेलाई नेपाली बैंकले पनि ग्यारेन्टी जारी गर्न पाउने व्यवस्था गरेको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए। सो व्यवस्थाले नेपाली फर्म तथा कम्पनीलाई थप सहज हुने भएको छ। नेपाली बैंकले ग्यारेन्टी बसेर ऋण लिन पाउने भएपछि विदेशी मुद्रा भित्र्याउन सहज भएको हो।

केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको जनाएको छ। बैंक ग्यारेण्टी वा ‘स्ट्याण्डवाइ लेटर अफ क्रेडिट’को अधिकतम सीमासमेत तोकेको छ। त्यस्तो सटही सुविधा लिएपछि विदेशमा भएको कारोबारबाट विदेशी मुद्रा नेपाल भित्रिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। रासस



from Nagarik News - Home
Previous Post Next Post