नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि(आइतबार) पार्टीको नयाँ पदाधिकारी र कमिटीमा रहनेहरुको नाम प्रस्ताव गर्ने भएका छन्।

भोलि १० बजे सुरु हुने बन्दसत्रमा अध्यक्ष ओलीले केन्द्रीय कमिटी र पदाधिकारीहरुको नाम प्रस्ताव गर्ने भएका हुन्। त्यसका लागि उनले सक्दो सहमति खोज्ने तयारी गरेका छन्। चितवनमा जारी बन्द सत्रमा उनले नयाँ पदाधिकारीको नाम प्रस्ताव गर्ने र त्यसमा चित्त नबुझे निर्वाचनमा जान समेत बाटो खुलाउने छन्।

आफूले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताउँदै उनले सहमतिमै जोड दिए। जारी महाधिवेशनमा नेतृत्व चयनबारेमा उनले कमिटीको प्रस्ताव गर्ने बताउँदै आफूले गरेको प्रस्तावमा चित्त नबुझे चुनावमा जान समेत नेताहरुलाई सुझाव दिए।

यसअघि उनको प्रस्तावमा उपाध्यक्ष भीम रावलले फरक मत राखेका थिए।



from Nagarik News - Home
Previous Post Next Post