
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। हिजो रातिबाट सुरु भएको मतगणना सम्पन्न भएसँगै लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्।
लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याएका छन् भने कमल थापाले जम्मा एक हजार छ सय १७ मत प्राप्त गरे। चार सय १३ मत बदर भएको थियो।
सोही क्रममा थापाले पराजय स्वीकार गर्ने बताउँदै आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई पनि दिएका छन्।
from Nagarik News - Home