राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि अहिले मतगणना जारी छ। हिजो रातीदेखि सुरु भएको मतगणनामा पछिल्लो मतपरिणाम अनुसार राजेन्द्र लिङदेनको अग्रता देखिएको छ।

लिङदेनको ११२१ मत हुँदा कमल थापाको १०२० मत देखिएको छ। लिङदेनले सुरुआतदेखि नै अग्रता कायम राखेका छन्।

सोही क्रममा ३३९ मत बदर भएको छ। नयाँ नेतृत्व तथा पदाधिकारी चयनका लागि भएको निर्वाचनमा राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय मत खसेको थियो।



from Nagarik News - Home
Previous Post Next Post