प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा बस्ने नेपालीहरुले मातृभूमिप्रति हरेक दृष्टिकोणले माया भाव राखेको बताएका छन्। जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विदेशमा बस्ने नेपालीहरुले देशलाई अत्यधिक माया गर्छन् भन्ने स्पष्ट रहेको बताए।

जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा मेरिल्यान्ड जनरल एसेम्ब्लीका डेलिगेट डा ह्यारी भण्डारी, एनआरएन अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, महासचिव मुनेन्द्र नेम्वाङ, वेद खरेल, गौतम दाहाल लगायतले कार्यक्रम सफलताको शुभकामना दिँदै आ–आफ्नो मन्तव्य राखेका थिए।

जनसम्पर्क समितिले नयाँ कार्यसमिति चयन गर्ने, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरुको समेत निर्वाचन गर्ने कार्यतालिका रहेको अध्यक्ष विष्टले जानकारी दिएका थिए।



from Nagarik News - Home
Previous Post Next Post