२७ वैशाख, काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।
उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
तथ्यांकमा काेराेना - नेपाल
संक्रमित १०९
निको भएको२७
मृत्यु०
अपडेटः २०७७ वैशाख २७ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।
from कोरोना भाइरस – Online Khabar https://ift.tt/2ziwjpf
