२७ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद कतिपय देशहरुले मस्जिदहरु खोलेका छन् । रमजानको क्रममा शुक्रबारको नमाजका लागि केही देशहरुले मस्जिद खोलेका हुन् ।
सिरियामा सरकार नियन्त्रित केही क्षेत्रका मस्जिद खोलिएको थियो । यद्यपि मस्जिदलाई किटाणुरहित बनाएपछि खोलिएको थियो भने प्रार्थना गर्न आएकाहरुलाई मास्क लगाउन भनिएको थियो । सामाजिक दुरी पनि पालना गराइएको थियो ।
यसैगरी इरानको १८० शहरका मस्जिदमा पनि मानिसहरु प्रार्थना गर्न भेला भएका थिए । यद्यपि राजधानी तेहरानका मस्जिद भने बन्द रहे । तेहरान कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ ।
यसैगरी बांगलादेशमा पनि सामाजिक दुरी कायम राखेर मस्जिद खोल्न दिइएको थियो ।
दक्षिण सुडान, अल्जेरिया, ट्युनिसिया र मोरक्कोमा भने रमजानको यस महिनामा मानिसहरुलाई घरमै रहेर प्रार्थना गर्न भनिएको छ ।
स्रोत : बीबीसी
from कोरोना भाइरस – Online Khabar https://ift.tt/3ckNu8q