२७ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण इटलीमा मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । शुक्रबार थप २४३ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या ३० हजार २ सय १ पुगेको हो ।
शुक्रबार मृत्यु भएकाको संख्या बिहीबारको तुलनामा भने कम हो । बिहीबार २७४ जनाको मृत्यु भएको थियो । इटलीमा कोरोना संक्रमितको संख्या र मृतकको संख्या पहिलेको तुलनामा केही घटे पनि रोकिएको भने छैन ।
इटलीमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख १७ हजार १ सय ८५ छ ।
कोरोना भाइरस संक्रमण देखिएको इटली यूरोपको पहिलो देश हो । संक्रमण रोकथामका लागि देशभर गरिएको लकडाउन हाल बिस्तारै बिस्तारै खोल्न थालिएको छ ।


from कोरोना भाइरस – Online Khabar https://ift.tt/3dskgEE
Previous Post Next Post