सिमोना हालेफले इलिस मार्टिन्समाथि सोझो सेटमा जित हात पार्दै प्राग ओपनको उपाधि जितेकी छिन्।

मार्चदेखि कोरोना भाइरस महामारीका कारण खेलकुद गतिविधि ठप्प छन्। हालेफले कोरोना महामारीपछि जितेको यो पहिलो उपाधि हो। सन् २०१८ को फ्रेन्च ओपनपछि हालेफले क्ले कोर्टमा जितेको यो पहिलो उपाधि हो। महिला विश्व नम्बर दुई रोमानियाकी हालेफले बेन्जियमकी मार्टिन्समाथि ६–२, ७–५ को सोझो सेटमा जित हात पारेकी हुन्।

२८ वर्षीया हालेफ प्राग ओपनको उपाधि जित्ने दोस्रो शीर्ष वरीयताकी खेलाडी हुन्। यसअघि सन् २०१५ मा कारोलिना पिलिस्कोभाले प्राग ओपनको उपाधि जितेकी थिइन्। सन् २०२० मा भने हालेफको यो दोस्रो उपाधि हो। यसअघि उनले फेब्रुअरीमा दुबई ओपनको उपाधि जितेकी थिइन्। कोरोना भाइरस महामारीपछि एकपछि अर्को टेनिस प्रतियोगिता रद्द भइरहँदा युएस ओपन भने अगस्ट ३१ बाट सुरु हुँदै छ।



from Nagarik News - Home
Previous Post Next Post