भारतीय टोलीका पूर्वक्रिकेटर सुरेश रैनाले भविष्यको तथ्यसँग अवगत भएकाले उनी र महेन्द्रसिंह धोनीले चेन्नईमा आउना साथ संन्यास घोषणा गरेको बताएका छन्।

राष्ट्रिय टोलीबाट लामो समय सँगै खेलेका सहकर्मी धोनीले चेन्नई आएपछि मात्र संन्यास लिने निर्णय गरेको रैनाले बताएका हुन्। धोनी र रैना, पीयूष चावला, दीपक चाहर र कर्ण शर्मासँगै गत अगस्ट १४ मा चेन्नई आएका थिए र त्यसको एक दिनपछि नै पूर्वकप्तान धोनीले इन्स्टाग्राममार्पmत राष्ट्रिय टोलीबाट संन्यास लिने घोषणा गरेका हुन्। रैनाले पनि सोही अनुसरण गर्दै केही समयपछि नै संन्यास घोषणा गरेका थिए र अगस्ट १५ को रातलाई केही भावुक बनाए।

‘मलाई थाहा छ, उनी चेन्नई आएपछि मात्र राष्ट्रिय टोलीबाट संन्यास लिने निर्णयमा पुगेका थिए, त्यसपछि म पनि तयार भएँ,’ रैनाले खुलासा गरे। ‘पीयूष, दीपक र कर्ण अगस्ट १४ मा चार्टर प्लेनमार्पmत राँची गई त्यहाँबाट माही भाइ (धोनी) र मोनी सिंहललाई लिएर चेन्नई पुगेका थियौं,’ रैनाले भने, ‘संन्यास घोषणा गरेपछि हामीले एकअर्कालाई अंकमाल ग¥यौं र केही भावुक पनि बन्यौं। त्यसपछि अम्बाती रायडु, केदार जाधब र कर्णबीच खेल करियरबारे संवाद ग¥यौं।’

रैनाले पनि धोनीले जस्तै सामाजिक सञ्जालमार्पmत संन्यास घोषणा गरेका थिए र त्यसपछि मात्र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले पुष्टि गरेको थियो। रैनाले पूर्वयोजनाअनुरूप संन्यासको निर्णय नगरिएको स्पष्ट पारेका छन्। ‘गत अगस्ट १५ मा मात्र संन्यास लिने विषय मस्तिष्कमा आयो। धोनीको जर्सी नम्बर ७ र मेरो जर्सी नम्बर ३ मिलाएर ७३ हुन्छ। अगस्ट १५ का दिन भारतको ७३औं स्वतन्त्रता दिवस पनि हो। हामीसँग योभन्दा उत्तम दिन हुँदैनथ्यो,’ रैनाले खुलासा गरे।

धोनीले सन् २००४ को डिसेम्बर २३ मा बंगलादेशविरुद्धको खेलबाट डेब्यु गरेका थिए भने रैनाले सन् २००५ जुलाई ३० मा श्रीलंकासँगको खेलबाट राष्ट्रिय टोलीमा पदार्पण गरेका थिए। लगभग उनीहरूले सँगसँगै अन्तर्राष्ट्रिय क्रिकेट करियर अगाडि बढाएका थिए। ‘हामी लगभग सँगैसँगै भारतीय टोलीमा आएका थियौं। अहिले पनि सँगै चेन्नई सुपर किङ्समा छौं। हामीले एकै पटक संन्यास घोषणा पनि ग¥यौं। आइपिएल पनि सँगै अगाडि बढाउनेछौं,’ रैनाले खुसी व्यक्त गरे।



from Nagarik News - Home
Previous Post Next Post