(एएफपी)– रोमेलु लुकाकुले बराबरी र ड्यानिलो डी एमब्रोसिओले विजयी गोल गरेपछि शनिबार इन्टर मिलानले फियोरेन्टिनालाई ४–३ हराउँदै नयाँ सिजनको सुरुआत गरेको छ ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा दुवै टोलीले पहिलो हाफमा १–१ को बराबरी खेलेका थिए। दोस्रो हाफमा इन्टर मिलानले तीन तथा फियोरेन्टिनाले दुई गोल गर्दा एउटै खेलमा ७ गोल हुन पुगेको थियो। खेलमा सुरुआती अग्रता भने फियोरेन्टिनाले तेस्रो मिनेटमा क्रिस्टियन कोउएमीको गोलबाट लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा लाउटारे मार्टिनेजले गोल फर्काउँदा खेल १–१ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा फियोरेन्टिनाका लागि गइटानो कास्ट्रोभिलीले ५७औँ तथा फेड्रिको चिएसाले ६३औं मिनेटमा गोल गर्दा खेल ३–२ को अवस्थामा पुगे पनि इन्टरका लागि रोमेलु लुकाकुले ८७औँ तथा डी एमब्रोसिओले ८९औँ मिनेटमा गोल गरेपछि जित निश्चित भएको थियो।

लिगअन्तर्गत शनिबार राति भएका अन्य खेलमा एट्लान्टाले टोरिनोलाई ४–२, लाजिओले काग्लिएरीलाई २–० तथा बेनेभेन्तोले साम्पडोरियालाई ३–२ ले पराजित गरेका छन्। आइतबार भएको पहिलो खेलमा भने सासौलोले स्पेजियाविरुद्ध उसैको मैदानमा ४–१ को फराकिलो जित निकाल्यो।



from Nagarik News - Home
Previous Post Next Post