कास्कीका तीन गाउँपालिका खेलमैदान पूर्वाधार निर्माण गर्न युवा तथा खेलकुद मन्त्रालयमा प्रस्ताव पेस गर्ने तयारीमा छन्। युवा तथा खेलकुद मन्त्रालयले एक स्थानीय तह एक खेलमैदान निर्माणको योजनालाई मूर्त रूप दिने उद्देश्यसहित गत साता मात्रै प्रस्ताव माग गरेको थियो। मन्त्रालयले ३५ दिने सूचनासहित माग गरिएको प्रस्तावअनुसार कास्कीको अन्नपूर्ण, माछापुच्छ्रे र रूपा गाउँपालिकाले प्रस्ताव तयार गरेका हुन्। मादी गाउँपालिकाले भने खेलमैदान निर्माणका लागि जग्गा छनोटकै छलफलमा रहेको उल्लेख गरेको छ।

माछापुच्छ«े गाउँपालिकाको लाहाचोकमा समेत फुटबल मैदानसहित एथलेटिक्स ट्य्राक निर्माण गर्ने योजना छ। पोखरा रंगशालापछिको एथलेटिक्स ट्य्राकसहितको फुटबल मैदान भएको पहिलो गाउँपालिका बन्ने विश्वास छ। ‘गत वर्ष ५० लाख आएको हो। त्यही बजेटबाट ४ लेनको एथलेटिक्स ट्य्राक बनाउने योजना थियो। तर बजेटले पुगेन। केवल जमिन सम्याउने, जाली हाल्नेलगायतका काम गरियो।’ गाउँपालिकाका इन्जिनियर शैलेन्द्र क्षत्रीले भने, ‘डिपिआर तयार गर्दै छौं। केके सम्भव हुन्छ, त्यही बनाउन बजेटसहित प्रस्ताव पठाउँछौं।’

कास्कीको अन्नपूर्ण गाँउपालिकास्थित माछापुच्छ«े माविको खेलमैदान स्तरोन्नति गरिएको छ। गत वर्ष मन्त्रालयले दिएको ५० लाख रुपैयाँले फुटबल मैदान स्तरोन्नति गरिएको छ। उत्तर, पश्चिम र दक्षिणतर्फ प्यारापिट निर्माण गरिँदै छ। ‘हामी मैदानसहित प्यारापिट, चेन्जिङ रुम तथा प्यारापिटमाथि छत हाल्ने डिजाइनसहित प्रस्ताव पेस गर्ने तयारीमा छौं,’ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले भने, ‘त्यसका लागि डेढ करोडको प्रस्ताव बनाइएको छ। मन्त्रालय पठाउन बाँकी छ।’ गत वर्ष प्राप्त ५० लाख रुपैयाँको बजेटबाट उत्तरतर्फ ५ स्टेपका ८५ मिटर लामो प्यारापिट बनाइएको छ। मैदानकै लागि राष्ट्रिय खेलकुद परिषद्बाट विभिन्न चरणमा गरी १५ लाख रुपैयाँ उपलब्ध गराइएको थियो।

त्यस बजेटबाट मैदानवरिपरि नाली निर्माण गरिएको छ। झन्डै १६ सय मिटर उचाइमा रहेको फुटबल मैदानमा केही वर्षअघिसम्म स्थानीय एपेक्स क्लब ढिकुरपोखरीले क्लबस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो। रूपा गाउँपालिकाले खेलकुद पूर्वाधारका लागि १ करोड १५ लाख रुपैयाँको प्रस्ताव पेस गर्ने जनाएको छ। सेभेन ‘ए’ साइडस्तरीय फुटबल मैदान, भलिबल कोर्ट, बास्केटबल कोर्ट, टेबलटेनिस बोर्ड तथा दुई हजार दर्शक क्षमताको प्यारापिट बनाउने योजना रहेको अध्यक्ष ओझाले सुनाए। उनका अनुसार गत वर्ष मन्त्रालयबाट आएको ३५ लाख रुपैयाँ र गाउँपालिकाको ३० लाख रुपैयाँबाट केही घर विस्थापित गरेर नाली निर्माण, जमिन सम्याउने, तारजाली लगाउने काम सम्पन्न गरिएको थियो।

‘सवा करोडको योजना पठाउने तयारीमा छौं’, उनले भने, ‘बजेट आए ती पूर्वाधारसहित व्यवस्थित खेलमैदान तयार हुनेछ। गाउँपालिकामा खेलमैदानको आवश्यक पूर्वाधारसमेत नहँुदा विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डसमेत आयोजना गर्न कठिनाइ भएको उल्लेख गर्दै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले पूर्वाधार निर्माणले गाउँका विद्यालयको खेलस्तर वृद्धि हुने विश्वाससमेत व्यक्त गरे।



from Nagarik News - Home
Previous Post Next Post