इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले ‘बडा दसैं बिग, धमाका’ योजना सार्वजनिक गरेको छ। सामसङको कुनै पनि स्मार्टफोन तथा ट्याब खरिद गरी यस धमाकामा सामेल हुने ग्राहकलाई साप्ताहिक एवं बम्पर लक्की ड्रको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यस अफर अन्तर्गत एकजना विजेतालाई बम्पर बिग धमाका लक्की ड्रमार्फत रेनो डस्टर तथा साप्ताहिक बिग धमाका लक्की ड्रमार्फत पाँचजनालाई होन्डा हर्नेट १६० आर तथा १० जनालाई ग्यालेक्सी नोट२० प्रदान गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। अफर मंसिर २ गतेसम्म लागू हुने बताइएको छ।



from Nagarik News - Home
Previous Post Next Post