यती एअरलाइन्सले असोज २१ देखि बाराको सिमरा उडान भर्ने भएको छ। सन् २००८ मा काठमाडौं–सिमरा उडान भरेको यतीले १२ वर्षपछि सोही गन्तयमा उडान भर्न लागेको जनाएको छ। एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड–१९ संक्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिए।

यतीले सिमरामा जेटस्ट्रिम–४१ विमानमार्फत प्रत्येक दिन विहान नौ बजे र साँझ ४ः४५ बजे काठमाडौंबाट उडान भर्ने जनाएको छ। कम्पनीले हालको लागि प्रमोसनल भाडा काठमाडौं–सिमरा–काठमाडौंको एकतर्फी दुई हजार आठ सय रूपैयाँ तोकेको छ।



from Nagarik News - Home
Previous Post Next Post