बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बेलुका पौने ७ बजे दोगडाकेदार गाउँपालिका–२ बडिया स्थित सिल्लेगडाबाट कपल्कोट तर्फ गइरहेको ग१ज ५१९२ नम्बरको बोलेरो जिप सडकबाट करिब ५० मिटर तल खस्दा दोगडाकेदार गाउँपालिका–२, कपलकोटका ३२ वर्षीय बीररबहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप चालक दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका दीपक चन्द समान्य घाइते भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। घटनास्थलतर्फ प्रहरी निरीक्षक मोतीसिंह बमको नेतृत्वमा प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



from Nagarik News - Home
Previous Post Next Post