पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिका पक्षमा एकताबद्ध हुन युवालाई आग्रह गरेका छन्। राष्ट्रिय युवा सङ्घ बाँकेले मंगलबार कोहलपुरमा आयोजना गरेको युवा भेलामा नेता बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिका पक्षमा सरकारले गरिरहेको कामका बारेमा जनतालाई यथार्थ जानकारी गराउन अब युवा जाग्नुपर्ने बताए।

निर्वाचन जित्ने सुनिश्चित नभएका नेताले निर्वाचनको विरोध गरेको उल्लेख गर्दै उनले भने,'लोकतन्त्रको सुन्दर पक्ष भनेको आवधिक निर्वाचन हो। जनताले मतको अधिकार प्रयोग गर्न पाउने कुरा जनमतको विरुद्ध हुन सक्दैन।' रासस



from Nagarik News - Home
Previous Post Next Post