सरस्वती श्रेष्ठ सरु

समय थियो ,बल थियो, वर्कत थियो । जरा बलियो थियो । हाँगाहरू बलिया थिए । पातहरू हराभरा थिए । बैँस थियो र थियो सबथोक । उसको छहारीमा शीतल ताप्न गोठाला आउँथे । केटाकेटी आउँथे । काखमा बस्थे । लडीबुडी खेल्थे । गट्टा खेल्थे, बाघचाल खेल्थे । वरिपरि लुकामारी खेल्थे ।

युवाहरू आउँथे । काखमा बसेर जुवा खेल्थे । बूढापाका आउँथे , शीतल अनुभूति गर्दै दुखसुखका बात मार्दै एकअर्काका मनका बह पोख्थे ।

समयले कोल्टे फेर्यो । जराहरू खलबलिन थाले । हाँगाहरू मक्किन थाले । पातहरू पहेंलिंदै झर्न थाले । सियाँल हराउन थाल्यो र ऊ अहिले एक्लो बन्यो ।



from Nagarik News - Home
Previous Post Next Post