a.jpg)
अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले आर्थिक कूटनीति सुदृढ गर्नु र अमेरिकाबाट निजी तथा बहुपक्षीय लगानी जुटाउनु आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्।
अमेरिकामा कार्यभार सम्हाल्न जानुअघि नेपाल उद्योग परिसंघसँगको अन्तक्र्रियामा राजदूत खतिवडाले अन्य क्षेत्र तथा देशका लगानीकर्तालाई विश्वास दिलाउन पनि अन्तर्राष्ट्रिय सद्भाव वृद्धि गर्नु आफ्नो प्राथमिकता रहेको बताए।
अमेरिकाले केही वस्तुमा दिएको व्यापार सहुलियतको दायरा विस्तार गर्ने, सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउँदै डिजिटल इकोनोमी निर्माणमा सहयोग खोज्ने तथा अमेरिकास्थित बहुराष्ट्रिय वित्तीय संस्था विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ठूला परियोजनामा लगानी भित्र्याउने कामलाई प्राथमिकतामा राखेको खतिवडाले उल्लेख गरे।
परिसंघले संयुक्त राज्य अमेरिका र नेपालबीचको आर्थिक साझेदारी बढाउन तथा द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि भूमिका खेल्न राजदूत खतिवडालाई आग्रह गरेको छ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघले आर्थिक कूटनीतिलाई उच्च महत्व दिँदै आएको बताए। उनले खतिवडाको अनुभवबाट नेपालको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवद्र्धन गर्न अमेरिकी पुँजी तथा प्रविधि भिœयाउन ठूलो सहयोग पुग्ने विश्वास परिसंघले लिएको जानकारी दिए।
अमेरीकातर्फ निर्यात बढाउन बजार सहुलियतका वस्तुको सूची निकै कम रहेको र त्यसको निर्यातमा पनि समस्या रहेकाले आवश्यक कर तथा बजार प्रवेशमा सहुलियतका लागि थप प्रयास गर्न, अमेरिकी लगानी ल्याएर अर्थतन्त्रको आधुनिकीकरण गर्न पनि राजदूत खतिवडाले भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको अध्यक्ष मोरले उल्लेख गरे।
from Nagarik News - Home