महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी मिसकल सेवा सञ्चालनमा ल्याएको छ। बैंकले सञ्चालनमा ल्याएको यस सेवामा कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाबारे जानकारी लिन सकिनेछ।

त्यसैगरी बैंकको बचत तथा कर्जासम्बन्धी जानकारी पनि लिन सकिने विज्ञप्तिमा उल्लेख छ। बैंकले ९८४७३८७५२४ मा मिसकल गरेर जानकारी लिन सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

यस सेवामा ग्राहकलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङको प्रयोग विधि तथा त्यसको उपयोगिताबारे पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो समाधान गरिने बैंकले जनाएको छ।



from Nagarik News - Home
Previous Post Next Post