नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार ११ हजार बढी पुगेको छ। गत चौबिस घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनको कारण मृत्यु हुनेको संख्या ११ हजार दुई पुगेको छ।

मृतकमध्येमा पहिलो लहरको अवधिमा तीन हजारजनाको मृत्यु भएको र बाँकी सात हजारको दोस्रो लहरको अवधिमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो हिसाबले नेपालमा पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृतक संख्या दोब्बर रहेको तथ्यांकले औँल्याएको छ । गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमण दर ९.९ प्रतिशत रहेको छ।

चौबिस घण्टाभित्र परीक्षण भएका १५ हजार १ सय ७९ वटा नमुनामध्येमा १५ सय ११ जनामा कोरोना पुष्टि भएको थियो। थप संक्रमितसहित नेपालमा कुल आठ लाख ७० हजार एक सय ७६ जना कुल संक्रमित पुगेका छन्। हाल नेपालमा सक्रिय २५ हजार सात सय ७२ जना सक्रिय संक्रमित छन् ।



from Nagarik News - Home
Previous Post Next Post