नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले गत भदौ २५ गते डडेलधुरामा गरिएको वडा अधिवेशनको विषयमा निर्वाचन समितिको ध्यानाकर्षण गराएको छ। पौडेल पक्षले डडेलधुरामा गरिएको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गरेको छ। यद्यपि निर्वाचन समितिका सदस्यहरूले डडेधुरामा पुनः वडा अविधेशन गराउन सम्भवाना नभएको बताएका छन्।

पौडेल पक्षका नेताहरू बिहीबार पार्टी कार्यालय सानेपा गई निर्वाचन समितिका पदाधिकारीसँग भेट गरेका थिए। डडेलधुराको वडा अविधेशनको घटनालाई गम्भीर रूपमा लिन र यस्तो रवैया अन्य जिल्लामा दोहर्‍याउन नदिन पौडेल पक्षका नेताहरूले समितिका सदस्यहरूसँग ध्यानकर्षण गराएका थिए।

निर्वाचन समितिका पदाधिकारीसँगको भेटपछि डडेलधुरामा पुन वडा अधिवेशन गराउनभन्दा पनि यस घटनालाई गम्भीर रूपमा लिँदै यस्तो त्रुटि पुनः नदोहर्‍याउन समितिलाई ध्यानाकर्षण गराएको पौडेल पक्षका नेताहरूले बताएका छन्। ‘नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी सभापतिकै गृह जिल्लामा प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गरिएको छ।

पार्टी सभापतिज्यूले रामचन्द्र पौडेललाई फोन गरेर डडेलधुरामा ३ दिन अधिवेशन रोक्न भनेको छु भन्नु भएको थियो,’ कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भने, ‘पार्टी सभापति तथा प्रधानमन्त्री डडेलधुरमा ३ दिन वडा अधिवेशन रोक्न भनेको छु भन्दा भन्दै वडा अविधेशन गरियो। कुन शक्तिले वडा अधिवेशन गरायो। यसको जवाफ चाहियो।’



from Nagarik News - Home
Previous Post Next Post