भष्ट्राचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२१ को अवसरमा भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई हस्ताक्षर संकलन बुझाइएको छ। भष्ट्राचारविरुद्ध ऐक्यबद्धता जनाउँदै नागरिक समाजका अगुवाहरुले संकलन गरेका हस्ताक्षर प्रअिज शर्मालाई बुझाइएको हो।

भक्तपुर जिल्लामा भएका र हुन सक्ने भष्ट्राचारलाई निर्मुल पार्न र जिल्लाका सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुलाई भष्ट्राचारविरुद्ध एकबद्ध हुन अपिल गर्दै नागरिक समाज संजाल भक्तपुरका अध्यक्ष एंव भक्तपुर बारका अध्यक्ष रविन्द्र प्रधानको नेतृत्वमा संजालका प्रतिनिधिहरुले हस्ताक्षर संकलन बुझाएका हुन्। ती हस्ताक्षरहरु भक्तपुर जिल्लाका विभिन्न स्थानहरुबाट संकलन गरिएका हुन्।

सो क्रममा हस्ताक्षर बुझ्दै प्रजिअ शर्माले नागरिक समाजहरु जागरुक भई सरोकारवाला निकायहरुलाई अझै जवाफदेही, पारदर्शी र सुशासन कायम गर्न भष्ट्राचारविरुद्ध एक हुन सचेतना र जागरण फैलाउनुनपर्ने बताइन्। उनले सो क्रममा नागरिक समाजले गरेको पहलको प्रशंसा समेत गरिन्। उनले नागरिक समाज र संघसंस्थासँग हातेमालो गरी भक्तपुर जिल्लामा हुने भष्ट्राचारविरुद्ध लागि पर्ने प्रतिबद्धता समेत जनाइन्।



from Nagarik News - Home
Previous Post Next Post