
दाङमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा१ज ४३८ नंको जीप दुर्घटना १६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका–४ का ४८ वर्षीय प्रेमप्रकाश शर्मा, सोही ठाउँका ४६ वर्षीया सौनी घर्ती र ४६ वर्षीय कर्णबहादुर खड्का छन्। तुलसीपुर–३ सिरखोला नजिकै जीप दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको हो। जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो। घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस
from Nagarik News - Home