
तनहुँको छाङ पाटनबाट खैरेनीटारतर्फ आउँदै गरेको टिप्परको ठक्करबाट आज साँझ एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–५ को छाङ पाटन बस्ने ३३ वर्षीय मङ्गल कुमाल रहेका छन्।
छाङ पाटनबाट खैरेनीटारतर्फ आउँदै गरेको ग१क २९१५ नम्बरको टिप्परले ठक्कर दिँदा कुमालको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने टिप्परलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी भइरहेको र घटनाको अनुसन्धान थालिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। ठक्कर दिएको विरोधमा स्थानीयवासीले टिप्परमाथि तोडफोड र दोषीमाथि कारबाहीको माग गरेका छन्।
from Nagarik News - Home